Nepal's Trusted Health Online Portal

मंगलबार ४४ जनामा कोरोना संक्रमण, ४८१ संक्रमणमुक्त, १ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

८ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ४४ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ४८१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४९५ आरटी पीसीआर विधि र २ हजार ९९ एन्टिजेन गरी जम्मा ६ हजार ५९४ नमुना परीक्षण गरिएकोमा ४४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार ३८५ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६३ हजार ५९२ केस संक्रमणमुक्त भएको छ । अब देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.