७ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ४५ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १४७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ९७८ आरटी पीसीआर विधि र १ हजार ७७४ एन्टिजेन गरी जम्मा ४ हजार ७५२ नमुना परीक्षण गरिएकोमा ४५ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार ३४१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६३ हजार १११ केस संक्रमणमुक्त भएको छ । अब देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।