७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको खापुङका सचिवालयले जनाएको छ ।
चक्कर आउने र बान्ता हुनेजस्ता लक्षण देखिएपछि स्वास्थ्यमन्त्री खापुङलाई अस्पताल भर्ना गरिएको हो ।
मन्त्री खापुङलाई वीरको इमर्जेन्सी वार्डमा राखेर उपचार भइरहेको छ । अहिले खापुङको स्वास्थ्य अवस्था राम्रो रहेको र थप स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।