Nepal's Trusted Health Online Portal

कोरोनाविरुद्धको भ्याक्सिन र औषधी निर्माणमा सहकार्य गर्दै जापान र अमेरिका

Get real time updates directly on you device, subscribe now.

रोएटर्स । जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उपाय तथा यसको भ्याक्सिन र औषधी निर्माणका लागि सहकार्य गर्न सहमति गरेको जापानका शीर्ष प्रवक्ताले बताएका छन् ।

आबे र ट्रम्पबीच यस बारेमा ४५ मिनेट फोनमार्फत् वार्ता भएको जापानी मन्त्रिमण्डलका मुख्य सचिव योसिहिडे सुगाले बताए । दुई नेताबीच आ–आफ्नो देशमा कोभिड–१९ को अवस्था र यसलाई फैलिन नदिनका लागि चालिएका सुरक्षात्मक कदमको बारेमा छलफल भएको थियो ।

फोनवार्तामा प्राणघातक भाइरस कोरोनाविरुद्धको औषधि र भ्याक्सिनको विकासको लागि दुई नेताबीच कुराकानी भएको थियो । साथै अर्थव्यवस्था पुनः सञ्चालनका बारेमा पनि गम्भीर छलफल भएको सचिव सुगाले नियमित पत्रकार सम्मेलनमा बताए ।

यी दुवै राष्ट्रप्रमुखहरुले यसका लागि आफ्नो शसक्त सहकार्यलाई जारी रहने बताएका छन् । जापान र अमेरिकाले आर्थिक तथा नीतिगत लगायत विविध क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

चीनको वुुहानबाट सुरुभएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । जापानमा भने कोरोनाको संक्रमण तीब्र रुपमा फैलिएको छैन ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.