Nepal's Trusted Health Online Portal

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार देवानलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

Get real time updates directly on you device, subscribe now.

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को चुनावी प्रचारप्रसारमा सम्लग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

निर्वाचन आचारसंहिता, २०७३ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र दफाको खण्ड (ख) मा राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था गरिएको छ । सोही ऐनको दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।

“तपाईंले आफ्नो सामाजिक सञ्जालबाट दलका उम्मेदवारको प्रचारप्रसार गरेको देखिने सामग्री आयोगमा पेश भएको छ । तपाईंले उक्त कार्य गरेको होइन भन्ने आधार प्रमाण के छ?”, आयोगको स्पष्टीकरणमा भनिएको छ, “तपाईंबाट दलका उम्मेदवारको प्रचारप्रसार गर्ने र दलका कार्यक्रममा सहभागी हुने कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७३ को दफा ७ को खण्ड (क), (ख) र (झ) को उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आचारसंहिताका उल्लेखित दफाहरुको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही किन हुनु नपर्ने हो?”

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.