Nepal's Trusted Health Online Portal

मृत्युपश्चात अङ्गदान गर्ने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको घोषणा

Get real time updates directly on you device, subscribe now.

६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्यु पश्चात अङ्गदान गर्ने घोषणा गरेका छन् ।

एक हजार जनाको मिर्गाैला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले उक्त घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालसँगै स्वास्थ्यमन्त्री पदम गिरिले पनि मृत्युपश्चात आफ्ना सबै अङ्गदान गर्ने घोषणा गरे ।

प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले डोनर कार्ड हस्तान्तरण गरेका थिए भने स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरेका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.