Nepal's Trusted Health Online Portal

बुधबार १०० कोरोना संक्रमित थपिए, २०७ निको भए

Get real time updates directly on you device, subscribe now.

७ साउन, काठमाडौं । नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ३७० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

३ हजार ७७९ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ३ हजार ७७९ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये १०० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

२० हजार ८४२ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल २० हजार ८४२ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३७० जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

२०७ जना निको भए
पछिल्लो २४ घण्टामा २०७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म १२ हजार ६८४ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ७०.०१ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.