Nepal's Trusted Health Online Portal

बिहीबार १४७ कोरोना संक्रमित थपिए, १५६ निको भए

Get real time updates directly on you device, subscribe now.

८ साउन, काठमाडौं । नेपालमा बिहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ३५८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

२० हजार ९८ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३५८ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१५६ जना निको भए
पछिल्लो २४ घण्टामा १५६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म १२ हजार ८४० जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ७०.३९ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.