०८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार मुलुकभरी थपिएका १४७ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा ५, ललितपुरमा २ र भक्तपुरमा २ जना गरी ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ र ललितपुरका १ जना, त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुरका २ जना, पाटन अस्पताल ललितपुरमा भएको परिक्षण अनुसार काठमाडौँका ३ जना र स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित ३९६ जना पुगेका छन् । जसमध्ये काठमाडौँमा २६५, ललितपुरमा ८२ र भक्तपुरमा ४९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।