९ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
१९ हजार ४४४ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १९ हजार ४४४ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३८३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
१०७ जना निको भए
पछिल्लो २४ घण्टामा १०७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म १२ हजार ९४७ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ७०.४६ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।