१० साउन, काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ४३० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
१८ हजार १८३ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १८ हजार १८३ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ४३० जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
१०६ जना निको भए
पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १३ हजार ५३ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७०.०६ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।