Nepal's Trusted Health Online Portal

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१० साउन, काठमाडौं । नेपालमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला कर्बानीपुर गाउँपालिका–०८ की १७ बर्षीय युवतीको मृत्यु भएको हो । उनको हिँजो साउन ९ गते साँझ गण्डक कोभिड अस्पताल, विरगञ्जमा मृत्यु भएको हो ।

गत बुधबार विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि गएकी उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि बिहीबार अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । साउन ८ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले बताएका छन् ।

मृतकको शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काँप्ने र श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ ।

योसँगै नेपालमा कोभिड–१९ का कारण ४५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १८ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १३ हजार ५३ (७०.०६ प्रतिशत) संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.