३१ साउन, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १०२ पुगेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड–१९) को कारण थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कपिलवस्तु मायादेवी गाउँपालिका–७ का ४० बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
त्यस्तै पर्सा विरगञ्ज महानगरपालिका–१२ का ६० बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन ३० गते ७ः०० बजे नारायणी अस्थाई कोरोना अस्पतालमा मृत्यु भएको हो ।
धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको साउन २९ गते मृत्यु भएको हो ।