Nepal's Trusted Health Online Portal

आइतबार ६४१ कोरोना संक्रमित थपिए, १३४ निको भए

Get real time updates directly on you device, subscribe now.

३२ साउन, काठमाडौं । नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये २ सय १८ महिला र ४ सय २३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । अब नेपालमा ९ हजार २ सय २१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ३४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ३ सय ३५ जना अर्थात ६५ प्रतिशत निको भएका छन् ।

त्यस्तै विगत २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १५ हजार २४३ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ७ सय २४ जना आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ५ वटा जिल्ला संक्रमण मुक्त छन् ।
नेपालमा हालसम्म कोभिड १९ का कारण १ सय ४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.