१ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को कारण थप ३ जनाको मृत्यु पुष्टि भएको हाे ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार रौतहट जिल्लाका ३२ बर्षीय पुरुष, मोरङका ६० बर्षीय पुरुष तथा काठमाडौँमा ५८ बर्षीय एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।