Nepal's Trusted Health Online Portal

उपत्यकामा सोमबार १६८ जनामा कोरोना पुष्टि

Get real time updates directly on you device, subscribe now.

१ भदौ । काठमाडौँ उपत्यकामा सोमबार थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा ठूलो संख्यामा कोरोना संक्रमित बढीरहेका छन् ।

उपत्यकाको काठमाडौँ जिल्लामा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मुलुकभरी ५८१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित २ हजार ५४ जना पुगेका छन् । काठमाडौँमा १ हजार ६२६, ललितपुरमा २७४ र भक्तपुरमा १३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.