Nepal's Trusted Health Online Portal

थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

१ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । अब नेपालमा ९ हजार ६ सय ३९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ६० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ जना अर्थात ६४.२ प्रतिशत निको भएका छन् ।

त्यस्तै विगत २४ घण्टामा ११ हजार ५ सय २० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १५ हजार १ सय ९८ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ३८ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन् । १ सय १३ जना आइसियुमा उपचाररत रहेका छन् ।

मन्त्रालयका अनुुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ५ वटा जिल्ला संक्रमण मुक्त छन् ।
नेपालमा हालसम्म कोभिड १९ का कारण १ सय ७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.