३० असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६ हजार ६९५ कोरोनाको एक्टिभ केश रहेको छ ।
४ हजार ३६१ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ४ हजार ३६१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ११६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
२४ हजार ७१६ जना क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६९५ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
३४ जना निको भए
पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म १० हजार ३२८ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६०.५३ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।