Nepal's Trusted Health Online Portal

६०.५३ प्रतिशत कोरोना संक्रमित निको भए

Get real time updates directly on you device, subscribe now.

३० असार, काठमाडौं । प्राणघातक कोरोना भाइरसको संक्रमण भएकामध्ये नेपालमा ६०.५३ प्रतिशत उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा मंगलबारसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित निको भइसकेका छन् । नेपालमा बितेको ४ महिनामा १७ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ ।

मंगलबार सम्म देशभरी ६ हजार ६९५ कोरोनाको एक्टिभ केश रहेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ३८ जनाको ज्यान गएको छ ।

मंगलबार ११६ जना कोरोना संक्रमित थपिएका छन् भने ३४ जना निको भएर घर फर्किएका छन् । सोमबार मात्रै एकैपटक १७०५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार क्वारेन्टिनमा बस्नेको संख्या पनि घट्दै गइरहेको छ ।

नेपालमा नयाँ कोरोना संक्रमणको ग्राफ घट्दै गएको स्वास्थ्य मन्त्रालयको दाबी छ । तर पछिल्ला दिनहरुमा पिसिआर परीक्षण दर पनि घटिरहेको मन्त्रालयकै तथ्याङ्कले देखाउँछ ।

यद्यपी उपचारपछि निको हुनेहरुको संख्या भने दिन प्रतिदिन बढीरहेको देखिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.