Nepal's Trusted Health Online Portal

सोमबार ५ हजार ८५६ जनामा परीक्षण गर्दा १४४ मा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ५ हजार ८५६ जनामा गरिएको पिसिआर परीक्षणमा १४४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६ हजार ६१३ कोरोनाको एक्टिभ केश रहेको छ ।

२३ हजार ४७० जना क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २३ हजार ४७० जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६१३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१ हजार ७०५ जना निको भए
पछिल्लो २४ घण्टामा १ हजार ७०५ जनाको ठुलो संख्यामा संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म १० हजार २९४ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६०.७ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.