शुक्रबार २२४ कोरोना संक्रमित थपिए, १५१ निको भए

  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

१६ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । अब नेपालमा ५ हजार ३१६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

१० हजार ७६८ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा १० हजार ७६८ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये २२४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

१२ हजार १११ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १२ हजार १११ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३१६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१५१ जना निको भए
पछिल्लो २४ घण्टामा १५१ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १४ हजार ३९९ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७२.८ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  [email protected] मा पठाउनुहोस्)


  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

Leave a Reply