१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । अब नेपालमा ५ हजार २२७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
६ हजार ३०४ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ६ हजार ३०४ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये २७४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
१३ हजार २०१ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार २२७ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
२२७ जना निको भए
पछिल्लो २४ घण्टामा २२७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १४ हजार २४८ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए ।