Nepal's Trusted Health Online Portal

बुधबार २१० कोरोना संक्रमित थपिए, १४६ निको भए

Get real time updates directly on you device, subscribe now.

१४ साउन, काठमाडौं । नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । अब नेपालमा ५ हजार ३६० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

६ हजार ३७ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये २१० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

१४ हजार ४७१ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १४ हजार ४७१ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३६० जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१४६ जना निको भए
पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १४ हजार २१ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७२.७ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.