मंगलबार थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो

  • 158
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    158
    Shares

१३ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । अब नेपालमा ५ हजार ३१९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

५ हजार ३२ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ३११ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

१५ हजार ३३१ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १६ हजार ३७९ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार १३९ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१२१ जना निको भए
पछिल्लो २४ घण्टामा १२१ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १३ हजार ८७५ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए। कुल संक्रमितमध्ये ७२.८ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  [email protected] मा पठाउनुहोस्)


  • 158
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    158
    Shares

Leave a Reply