शनिबार थप ३१५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २० हजार नाघ्यो

  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

१७ साउन, काठमाडौं । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । अब नेपालमा ५ हजार ३३८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

६ हजार ९९३ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ६ हजार ९९३ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ३१५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ३ लाख ८२ हजार ४९० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

११ हजार ५३३ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३३८ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

९३ जना निको भए
पछिल्लो २४ घण्टामा ९३ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १४ हजार ४९२ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७२.१ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  [email protected] मा पठाउनुहोस्)


  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

Leave a Reply