१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । अब नेपालमा ५ हजार ६७२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
८ हजार ८६१ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ८ हजार ८६१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये २४६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ३ लाख ९१ हजार २७० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
१० हजार ९३४ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १० हजार ९३४ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ६७२ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
१११ जना निको भए
पछिल्लो २४ घण्टामा १११ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १४ हजार ६०३ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७१.८ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।