Nepal's Trusted Health Online Portal

१२ बर्ष मुनी र ६० बर्ष माथीकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह

Get real time updates directly on you device, subscribe now.

१८ साउन, काठमाडौं । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले १२ बर्ष मुनी र ६० बर्ष माथीका नागरिकहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

मन्त्रालयले १२ बर्ष मुनी र ६० बर्ष माथीका नागरिकहरुलाई संक्रमणको उच्च जोखिम रहने भन्दै घरमै बस्न आग्रह गरेको हो । आइतबारको नियमित प्रेस ब्रिफिङ्मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त आग्रह गरेका हुन् ।

आइतबार मुलुकभर २४६ जना कोरोना संक्रमित थपिँदा काठमाडौँ उपत्यकामा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार सम्म काठमाडौँ उपत्यकामा जम्मा ६१६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

उपत्यकामा कोरोना संक्रमित बढेसँगै गृह मन्त्रालयले यसअघि नै साँझ ७ बजे देखी बिहान ७ बजेसम्म उपत्यका बाहिरबाट उपत्यका भित्र सवारी प्रवेशमा निषेध गरेको छ ।

सरकारले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा स्वाब संकलन गरी पिसिआर परीक्षण गरिरहेको जनाएको छ । मुख्य नाकाहरु थानकोट, साँगा र फर्पिङ्बाट १० हजार बढी स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.