२ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहान सम्म थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार राती १७ जना र मंगलबार बिहान थप ८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार राती पोखरा महानगरपालिकाका विभिन्न वडाका ७ जना पुरुष तथा ४ जना महिला गरी पोखराका ११ जना, नवलपुर विनयत्रिवेणीका एक २८ वर्षीय पुरुष, लमजुङ दोर्दीका एक ३० वर्षीय पुरुष, ब्यास तनहुँका ३१ र २३ वर्षीय दुई जना महिला, बाग्लुङका एक २६ वर्षीय पुरुष तथा स्याङ्जा पुतलीबजारका एक ६० वर्षीय पुरुष गरी मा कोरोना सक्रमण देखिएको छ ।
त्यस्तै क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार बिहान पोखरा महानगरपालिकाका ५० र २५ वर्षीय दुई जना महिला तथा २३ र २८ वर्षीय दुई पुरुष, नवलपुर कावासोतीका १४ र ३७ वर्षीय दुई जना महिला तथा बागलुङ बरेङका एक २५ वर्षीय महिला र ५ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकीमा हालसम्म १ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।