१९ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ८ सय ७८ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ८२ हजार ९ सय २३ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।