१७ कार्तिक, काठमाडौँ । सोमबार देशभर ७४ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३४७ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३८ जना, प्रदेश नं. २ मा १० जना, बागमति प्रदेशमा १८० जना, गण्डकी प्रदेशमा ६४ जना, लुम्बिनी प्रदेशमा ४५ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचाररत छन् ।
प्रदेश नं. १ मा १२ जना, बागमति प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार १ सय ५० जना संक्रमित निको भएका छन् ।