Nepal's Trusted Health Online Portal

मंगलबार ६३८ कोरोना संक्रमित थपिए, १७१ निको भए

Get real time updates directly on you device, subscribe now.

२७ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । अब नेपालमा ७ हजार २०१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् भने सोलुखुम्वु, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ६ वटा जिल्ला संक्रमण मुक्त भएका छन् । त्यस्तै कोभिड–१९ बाट १८३ स्वास्थ्यकर्मीहरु संक्रमित बनेको मन्त्रालयले जनाएको छ ।

१० हजार ४६२ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा १० हजार ४६२ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ३३८ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ४ लाख ७३ हजार १६० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

१७१ जना निको भए
पछिल्लो २४ घण्टामा १७१ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १६ हजार ६६४ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । हालसम्म ६९.६ प्रतिशत निको भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.