Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा मंगलबार १५० कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२७ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना गरी १५० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मुलुकभरी थपिएका ६३८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा १५० जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुरका ४, काठमाडौँका २८ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका २ र काठमाडौँका २० जना, पाटन अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका र ललितपुरका ८/८ जना, वीर अस्पतालको प्रयोगशालामा काठमाडौँका ३ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका १३ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १४ र ललितपुरका १ जना, विद ल्याब काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका र ललितपुरका २/२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

काठमाडौँ मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका २ जना, ह्याम्स अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ८ र ललितपुरका १ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ र काठमाडौँका ४ जना, वीरेन्द्र अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ३ जना, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ३३० जना पुगेका छन् । काठमाडौँमा १ हजार ५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.