Nepal's Trusted Health Online Portal

थप ४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ७९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२६ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७९ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बाँकेको कोहलपुर नगरपालिका–०२ का ७९ बर्षीय महिलाकोे मृत्यु भएको छ । उनको साउन २५ गते दिउँसो ३:१० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । उनी उच्च रक्तचापको बिरामी थिइन् ।

त्यस्तै पर्सा वेदियादि गाउँपालिका–१५ की ४५ बर्षीय महिलाकोे मृत्यु भएको छ । उनको साउन २५ गते बिहान ४ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौँ महानगरपालिका–१० मध्येबानेश्वरका ७६ बर्षीय पुरुषकोे पनि मृत्यु भएको छ । उनको साउन २६ गते बिहान १०:१५ बजे मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौँकै किर्तिपुर नगरपालिका ट्याङ्लाफाँटका ६४ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २६ गते बिहान ५:४२ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म २३ हजार ३१० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १६ हजार ४९३ जना संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.