Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२६ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा ३६, ललितपुर र भक्तपुरमा ४/४ जना गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मुलुकभरी थपिएका ३३८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ४४ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका १२ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ६ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका ८ र ललितपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका ३, काठमाडौँका ८ र ललितपुरका २ जना, विद ल्याब काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, ह्याम्स अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार १८० जना पुगेका छन् । काठमाडौँमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.