Nepal's Trusted Health Online Portal

सोमबार ३३८ कोरोना संक्रमित थपिए, संक्रमित संख्या २३ हजार ३१० पुग्यो

Get real time updates directly on you device, subscribe now.

२६ साउन, काठमाडौं । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । अब नेपालमा ६ हजार ७३८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

८ हजार ४३२ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ८ हजार ४३२ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ३३८ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ४ लाख ५२ हजार २३६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

१० हजार ५९ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १० हजार ५९ जना क्वारेन्टिनमा रहेका छन् । देशका विभिन्न भागमा विशेष गरी देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना हुने हुँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।

१४० जना निको भए
पछिल्लो २४ घण्टामा १४० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १६ हजार ४९३ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । ७०.७ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.