२५ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७५ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कास्कीको पेखरा महानगरपालिका–१९ का ६२ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २४ गते राती ११:३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा मृत्यु भएको हो । उनी मधुमेहका रोगी थिए ।
त्यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–०२ की २० बर्षीय युवतीकोे मृत्यु भएको छ । उनको साउन २४ गते बिहान १:३० बजे गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।
नेपालमा हालसम्म २२ हजार ९७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १६ हजार ३५३ जना संक्रमण मुक्त भएका छन् ।