Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२५ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा ९० र ललितपुरमा २ जना गरी ९२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मुलुकभरी थपिएका ३८० कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९२ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका ४४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १८ जना, पाटन अस्पताल ललितपुरको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १३ र ललितपुरका १ जना, ह्याम्स अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ८ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, वीरेन्द्र अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार १३६ जना पुगेका छन् । काठमाडौँमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.