१४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २४ हजार २ सय ६१ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५७ जना संक्रमित निको भएका छन् ।