Nepal's Trusted Health Online Portal

बुधबार नेपालमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमित ७७ हजार ८१७

Get real time updates directly on you device, subscribe now.

१४ असोज, काठमाडौँ । नेपालमा बुधबार १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । जसमध्ये ५६ हजार ४ सय २८ जना निको भइसकेका छन् । अब नेपालमा २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल १० हजार ८७ जना संस्थागत आइसोलेसनमा र १० हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर बुधबार २ सय १ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगु जिल्ला संक्रमण मुक्त छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.