१३ असोज, काठमाडौँ । नेपालमा मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीय महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष, काठमाडौँमा ५७ वर्षीय महिला तथा ६० र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै चितवनमा ५५ वर्र्षीय पुरुष, बाँकेमा ७६ वर्षीय महिला तथा ३९ र ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । संक्रमितमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ सय ३१ जना संक्रमित निको भएका छन् ।