१३ असोज, काठमाडौं । मंगलबार देशभर २४७ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३४ जना भेन्टिलेटर र २१३ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १६ जना, प्रदेश नं २ मा १८ जना, बागमती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४४ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुरपश्चिम प्रदेशमा २ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ५ जना, बागमती प्रदेशमा २६ जना, प्रदेश नं ५ मा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा मंगलबार १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ सय ३१ जना संक्रमण मुक्त भएका छन् भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।