Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय ५९ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ सय ३१ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.