१४ असोज, काठमाडौं । बुधबार देशभर २३१ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३० जना भेन्टिलेटर र २०१ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १६ जना, प्रदेश नं २ मा १६ जना, बागमती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४१ जना, कर्णाली प्रदेशमा ११ जना र सुदुरपश्चिम प्रदेशमा १ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ५ जना, बागमती प्रदेशमा २३ जना र प्रदेश नं ५ मा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा बुधबार १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५७ जना संक्रमण मुक्त भएका छन् भने ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।