Nepal's Trusted Health Online Portal

२४ घण्टा यता ७ जना कोरोना संक्रमितको मृत्यु

मृतक संख्या ४९८ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१४ असोज, काठमाडौँ । नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरी र मोरङमा ६०/६० वर्षीय पुरुष, सप्तरीमा ३९ वर्षीय पुरुष, रुपन्देहीमा ८२ वर्षीय पुरुष, काठमाडौँमा ५४ वर्षीय पुरुष तथा ३४ र ८६ वर्षीय महिलाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५७ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.