Nepal's Trusted Health Online Portal

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो अक्सिजन भए मात्र उपचार गर्न आउनु

Get real time updates directly on you device, subscribe now.

८ जेठ । धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन साथमा नल्याउने नयाँ विरामीलाई भर्ना लिन नसक्ने जनाएको छ ।

अस्पतालले शनिबार विज्ञप्ति निकालेर आफ्नो अक्सिजनको प्रमुख स्रोत अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको तथा प्लान्ट मर्मतको क्रममा रहेकोले पूर्ण क्षमतामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदा सम्म वा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न नसक्दासम्म विना अक्सिजन नयाँ विरामी भर्ना लिन नसक्ने बताएको हो ।

अस्पतालका सह–प्रवक्ता डा.चुरामणी पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड अस्पतालमा उपचारत विरामीहरुको उपचारमा अक्सिजनको कमी नहोस् भनी नयाँ विरामीको हकमा आफ्नो अक्सिजनको उपलब्धताको आधारमा भर्ना लिई उपचार गरिने व्यहोरा जानकारी गराउँदछौँ ।”

विज्ञप्तिमा प्रतिष्ठानले विरामीको उपचारमा चाहिने अक्सिजनको प्रत्याभूति गर्न सक्ने आफ्नो क्षमतासम्म विरामीलाई उपचार गर्न कटिबद्ध रहेको उल्लेख गरिएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.