Nepal's Trusted Health Online Portal

चिनियाँ कम्पनिसँग ४० लाख डोज खोप खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय

Get real time updates directly on you device, subscribe now.

३ असार, काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ ।

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिएका थिए ।

उनले साउनदेखि खोप लगाउन थालिने बताएका थिए । प्रधानमन्त्री ओलीले खोपका लागि चीन बाहेक अन्य देशसँग पनि प्रयत्न भइरहेकाले खोपको अभाव क्रमशः समाधान हुँदै जाने बताए ।

कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको भन्दै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायहरुले समन्वयात्मक ढङ्गले काम गर्न पनि निर्देशन दिएका थिए ।

यसअघि चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ को शर्त राखेपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन । नेपालले खोप खरिदका लागि प्रस्ताव राख्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो ।

अन्य कम्पनीसँग खरिद प्रक्रिया अघि बढ्न नसकेपछि उक्त कम्पनिको प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ ।

‘नन डिस्क्लोजर एग्रिमेन्ट’ का लागि नेपालको विद्यमान कानुनमा कुनै व्यवस्था छैन । यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा भने सरकारले केही बताएको छैन ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.