११ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २५ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १४४ आरटी पीसीआर विधि र १ हजार १११ एन्टिजेन गरी जम्मा ४ हजार २५५ नमुना परीक्षण गरिएकोमा १३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७८ हजार ७४३ र एन्टिजेन विधीबाट १ लाख ४० हजार १८१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६६ हजार ५२३ केस संक्रमणमुक्त भएको छ । अब देशभर २६९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।