Nepal's Trusted Health Online Portal

प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोसबीच भेट

Get real time updates directly on you device, subscribe now.

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि प्रधानमन्त्रीले धन्यवाद थिए । साथै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराएका थिए ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा राखेका थिए ।

महानिर्देशक टेड्रोसले नेपालले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गरेको र प्रायः सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । डा.टेड्रोसले कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको बताए ।

त्यस्तै नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको डा.टेड्रोसले प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दक्षिण एसियामै नेपालले टाइफाइडविरुद्ध बालबालिकाहरुलाई खोप सुरु गरेकोमा पनि डा.टेड्रोसले सरकारलाई धन्यवाद दिए ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.