Nepal's Trusted Health Online Portal

सोमबार २ हजार ९१८ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ९ हजार ४३८ आरटी पीसीआर विधी र ५ हजार ३८१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ९१८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ३१ हजार ८६० पुगेको छ । जसमध्ये ३९.०९ प्रतिशत महिला र ६०.९१ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । संक्रमितमध्ये ८७.८ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ५३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.