३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली भेरोसेल खोप लगाइदै छ । यसअघि जेठ २५ गते देखीको खोप कार्यक्रममा खोप अपुग भएपछि रोकीएको थियो ।
महानगरभित्रका ६० देखी ६१ वर्ष उमेर समुहका नागरिक, यसअघि भेरोसेल खोप लगाएकाहरु तथा स्वास्थ्यकर्मीहरु तथा कोभिड–१९ को प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र पारामेडिक विधार्थीहरुलाई आज सोमबार र भोली मंगलबार खोप दिन लागिएको हो ।
खोप लगाउनका लागि ४ ओटा केन्द्र तोकिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
वीर अस्पताल रत्नपार्क, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामति कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाइने छ ।
सबै खोप केन्द्रहरुमा बिहान १० देखी ४ बजेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
